|

सल्यान : जिल्लामा यो वर्ष टिमुर उत्पादन घटेको छ। टिमुरको बोटमा फुल फुल्ने र दाना लाग्ने समयम पानी नपर्दा उत्पादनमा कमी आएको हो। 

बनगाड कुपिण्डे नगरपलिका ९ सेरागाउँबाट मात्र  गर्त वर्ष ५० लाख बराबरको टिमुर निकासी भए पनि यस वर्ष १० लाख पुग्न गाह्रो हुने स्थानीय सेतु बुढाले बताए। गत वर्ष २० क्विन्टल टिमुर बिक्री गरेका उनले यो वर्ष २० किलो पनि पुग्न पनि गाह्रो भएको बताए। नगदे आम्दानीको मुख्य स्रोत नै बन्द भएपछि दैनिक गुजारा चलाउन समस्या हुने उनको भनाइ छ। ‘टिमुर बिक्री गरेर वर्षभरको घरखर्च चल्थ्यो’, उनले भने, ‘यो वर्ष टिमुर नै नफलेपछि गाह्रो हुने भयो।’ 

अर्का किसान पूर्णबहादुर बुढाले यो वर्ष आफ्नोमा टिमुर नफलेको बताए। गत वर्ष १० क्विन्टल बिक्री गरेका बुढाले यो वर्ष निकै कम टिमुर फलेकाले बारीमै नगएको गुनासो गरे। टिमुरबाट वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी हुँदै आएकोमा  यसपटक एक हजार जुटाउन पनि धौधौ भएको बताए। 

मसला र औषधीको रूपमा प्रयोग हुने टिमुर सल्यानको  महत्त्वपूर्ण नगदेबालीको रूपमा छ। जिल्लाका सबै स्थानीय तहमा टिमुर उत्पादन हुन्छ। सल्यानका किसानले टिमुर खेतीबाट मात्र वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।  

डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा मात्र १७ करोड रुपैयाँभन्दा बढीको टिमुर जिल्लाबाट निकासी भएको  थियो। यो वर्ष उत्पादन घटेपछि किसान चिन्तित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.