|

गत वर्षको अगष्टमा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा  उच्च माध्यमिक विद्यालयमा अध्ययन छात्राहरू विद्यालयमा फर्केका छैनन्। नयाँ शासक आएपछि सुरुमा महिला अधिकारको वाचा गरे, तर महिलाको स्वतन्त्रतामा प्रतिबन्ध लगाए।

लाखौं अफगान महिलाहरू आफ्नो घरमा सीमित छन्, खेतमा काम गर्न, गलैँचा बुन्ने र घरको काममा आफ्नो दिन बिताउन बाध्य छन्। ‘शिक्षा नभएको र अवस्था यस्तै रह्यो भने केटीहरूको पुस्ताले अन्धकारमय भविष्यको सामना गर्नुपर्नेछ र उनीहरूले कुनै अधिकार पाउने छैनन्’, १६ वर्षीया लिमाले भनिन्।

तालिवानले २० वर्षसम्म अमेरिकी नेतृत्वमा विदेशी सेनाविरुद्ध सशस्त्र विद्रोह चलाएर सत्तामा फर्किएपछि ६ कक्षाभन्दा माथिका छात्राहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो।

अफगान छात्राहरू अब आफ्नो भविष्यलाई लिएर डराउँछन् किनभने तिनीहरूमध्ये धेरै विद्यार्थीबाट बाल श्रमिकमा परिणत भएका छन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.