|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ। उक्त  मन्दिरमा आज  जमानी जात्रा  भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी दिए। 

हरेक वर्षको मंसिर शुक्ल पूर्णिमाका दिन निङ्गलाशैनी  मन्दिरमा जमानी जात्रा लाग्ने गरेको  निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन छ। निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा टाढाबाट समेत  भक्तजन दर्शनका लागि आउने गरेका छन्।

हरेक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको विशेष पूजाआजा हुने गरेको छ।

जात्रामा निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थी समेत आउने गरेका छन्। जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसँग जोडिएको ठाडो खेल र  देउडा समेत खेल्ने गरिएको छ।

अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भए पनि यो जात्रामा कुनै प्रकारको बलि दिइँदैन।  जात्रा अवधिभर देहिमाण्डौँ क्षेत्रमा मदिरा बेचविखन तथा सेवनमा रोक लगाइएको छ। 

निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमाका दिन विशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.