|

काठमाडौं : मनास्लु वर्ल्ड स्कुलले अन्तर विद्यालय फुटसलको उपाधि जितेको छ। मनास्लुले निजी तथा आवासीय विद्यालय संगठन प्याब्सकले आयोजना गरेको अन्तर विद्यालय कप फुटसलको उपाधि जितेको हो।

लुम्बिनी एकेडेमीलाई ६ गोलले पराजित गर्दै मनास्लुले उपाधि जितेको हो। उपाधिसँगै मनास्लुले ट्रफीसहित १० हजार नगद प्राप्त गरेको छ।

यस्तै, उपविजेता बनेको लुम्बिनी एकेडेमीले ५ हजार प्राप्त गरेको छ। प्रतियोगितामा २६ विद्यालयको सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा राखेप सदस्य सचिव टंकलाल घिसिङ्ले खेलकुदलाई अतिरिक्त क्रियाकलाप नभई पाठ्यक्रममै समेटिनुपर्ने बताए। कार्यक्रममा प्याब्सक अध्यक्ष गेन्द्र लामा र महासचिव राजेन्द्र श्रेष्ठले खेलकुदको माध्यमबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरा र खेलकुदलाई व्यावसायिक बनाउनुपर्नेमा  जोड दिए।

प्याब्सकले प्रतियोगिता मङ्सिर २० र २१ गते संचालन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.