|

काठमाडौं : राजधानीमा बिहीबार किम्फ (काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल) को नयाँ संस्करण शुरु भएको छ। सन् २००० मा पहिलो पटक आयोजना भएको चलचित्र महोत्सवको २० औँ संस्करण राजधानीको सभागृह र पर्यटन बोर्डमा आयोजना भएको हो।

कोरोनाका कारण दुईवटा संस्करण भर्चुअल रुपमा आयोजना भएको महोत्सव २ वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा आयोजना गरिएको हो। महोत्सवमा ३० देशका ६० लामा तथा छोटा फिल्म प्रदर्शन हुनेछन्। यीबाहेक विभिन्न मास्टर क्लास पनि सञ्चालन हुनेछन्। 

महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै मुख्य अतिथि भारतीय लेखक, निर्देशक तथा अभिनेता प्रकाश झाको स्वागत तथा नेपाली डकुमेन्ट्री फिल्म ‘बाघको बंगारा’को वर्ल्ड प्रिमियर गरियो।

‘नेपाली थ्रु द सिंगिङ भिजेज्स’ र पोल्याण्डको ‘दू सर.अ काराकोरम स्कि एक्पेडिसन’ फिल्म तथा भारतको फिचर फिल्म ‘मट्टो की साइकिल’को विशेष प्रदर्शन भएको थियो।

उद्घाटन समारोहमा महोत्सवका अध्यक्ष बसन्त थापाले किम्फले २२ वर्ष पूरा गरेकोमा खुशी व्यक्त गर्दै अझै लामो यात्रा गर्न बाँकी रहेको पनि बताए।

पर्वतीय जीवनको जटिलता र विविधतालाई उनीहरूको प्राकृतिक वातावरणको संरक्षण र संरक्षणमा पर्वतीय समुदायहरूको वास्तविकता झल्काउने कथाहरूमा विशेष ध्यान केन्द्रित गरिएको महोत्सव मंसिर २६ गतेसम्म चल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.