|

चितवन : पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना विदेशी नागरिको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमाडौं आउदै गरेको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर मोटर साइकल चालक ६० वर्षीय जर्मन नागरिक माइकल मेयर ओलेबेर सेलबेनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.