|

काठमाडौं : विश्वकप फुटबलको क्वार्टर फाइनलका खेल हलमा देखाउने तयारीमा रहेका फिल्म हलहरूलाई चलचित्र विकास बोर्डले हलमा फुटबल नदेखाउन चेतावनी दिएको छ।

फिल्म मात्रै देखाउने अधिकार भएको भन्दै हलहरूलाई पत्रमार्फत विश्वकप नदेखाउन चेतावनी दिएको हो। त्यसो गरेमा बोर्डले कारवाही गर्ने समेत पत्रमा उल्लेख छ।

विश्वकपका कारण प्रदर्शनरत फिल्महरूमा दर्शकको उपस्थिति न्यून रहेको अवस्थामा क्वार्टर फाइनलदेखिका खेल हलमा देखाउने तयारीमा केही मल्टिप्लेक्सहरू रहेका थिए।

बोर्डले शुक्रबार फिल्म हलमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्न नपाइने भन्दै हलहरूलाई सचेत गराएको हो। बोर्डले सबै जिल्ला प्रशासन तथा नेपाल चलचित्र संघलाई पत्र पठाएको हो। 

यसअघि काठमाडौंको नयाँ बानेश्वर र कालीमाटीमा रहेको वन सिनेमाज, कमलपोखरीस्थित बिग मुभिज, क्युएफएक्स तथा आइएनआई विश्वकपका महत्त्वपूर्ण खेलहरू सःशुल्क हलमा देखाउने तयारीमा थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.