|

सन्ग २०१८ को विश्वकपमा अप्रत्याशित रुपमा क्रोएशियाले तहल्का नै मच्चायो। कसैले नसोचेको उपलब्धि हात पार्दै फाइनल पुगेको क्रोएशिया फाइनलमा फ्रान्ससँग पराजित भयो। तर त्यही वेलादेखि नै हो क्रोएशियाले अनपेक्षित नतिजा दिलाएको। 

यो पटकको विश्वकपमा पनि क्रोएशिया भाग्यमानी बन्दै क्वार्टर फाइनल पुगेको छ। लगातार दोस्रो विश्वकपको सेमिफाइनल पुग्न उसका सामु तेर्सिएको ब्राजिलको चुनौती भने निकै कठिन छ पार पाएर अघि बढ्न। 

ब्राजिल यस्तो टिम हो जसले ५ पटक विश्वकप जितिसकेको छ र ऊ छैटौं पटक विश्वकप जितेर विश्व फुटबलको ‘बादशाह’ भएको देखाउन चाहन्छ।

त्यसैले क्रोएशिया ब्राजिलको बलियो इतिहास र वर्तमान फुटबलरहरूको उम्दा प्रदर्शनका अगाडि फिक्का बन्ने आँकलन गरिएको छ।

तर ब्राजिलविरुद्ध आज राति ८:४५ बजे मैदानमा उत्रिंदा क्रोएशियाको नजर भने पहिलो पटक ब्राजिललाई पराजित गरेर नयाँ इतिहास बनाउनेतर्फ केन्द्रित हुनेछ।

एजुकेसन सिटी स्टेडियममा हुने खेलमा ब्राजिल भने सहज जितसहित बलियो दाबेदार बन्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ। ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई सजिलै पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो।

क्रोएशियाले भने जापानलाई पेनाल्टी सुटआउटमा पछि पार्दै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। 

ब्राजित र क्रोएशियाबीच अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। विश्वकपमा २ पटक भिडेका यी दुई टिममध्ये दुवै खेल ब्राजिलले जितेको थियो।

सन् २००६ र सन् २०१४ को विश्वकपमा आपसमा भिड्दा दुवै खेल ब्राजिलले जितेको थियो। सन् २००६ मा १-० ले जितेको ब्राजिलले सन् २०१४ मा ३-१ गोलले खेल आफ्नो पक्षमा पारेको थियो। 

यी दुई टिमबीचको पहिलो पटक सन् २००५ मा अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका दौरान भएको थियो। जतिवेला दुवै टिमले १-१ गोलको बराबरी गरेका थिए।

पछिल्लो पटक सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले २-० बाट क्रोएशियालाई पराजित गरेको थियो।

दुवै टोली र खेलाडीका केही तस्वीरः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.