|

काठमाडौं : विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि मणि लामालाई देशबाहिर रहेका साथीहरूको फोन आउन थाल्यो। उनको व्यक्तिगत अवस्थाबारे सोधी सकेपछि उनका साथीहरूको जिज्ञासा हुन्थ्यो बौद्ध स्तुप कस्तो छ?

ठूलो कालबाट बाँचेका ७० वर्षीय लामा पनि झसंग भए र त्यहाँको अवस्था बुझ्न बौद्धतिर लागे। त्यहाँ गएर बौद्ध पूर्ण रुपमा क्षति नभएको तर ठाउँ ठाउँमा चर्किरहेको उनले देखे र त्यही खबर सोध्ने जति सबैसम्म पुर्‍याए।

जंगबहादुर राणाको शासनकालमा चीनबाट हिँड्दै आएका उनका पुर्खालाई दरबारले चिनियाँ लामाको रुपमा बौद्ध क्षेत्रमा बस्न अनुमति दिएपछि उनीहरू त्यहीँ बसेका थिए। लामा पनि त्यहीँ जन्मिएर बौद्धकै छायामा हुर्किएका थिए। 

आफूले बच्चैदेखि देख्दै आएको खेल्दै आएको बौद्ध क्षेत्रको त्यो रुप उनले त्यसअघि देखेका थिएनन्। आफ्ना पुर्खाले जस्तै बौद्ध धर्मका लागि जीवन समर्पित नगरे पनि लामाको जीवन शैली बौद्ध धर्मको मूल मन्त्रबाट टाढा थिएन।

उनी बौद्ध धर्मको मूल मर्मसँगै सामाजिक जीवन बिताइरहेका थिए। त्यसपछि उनले क्यामेरा बोके र बौद्ध स्तुपको फोटो खिच्न लागे। 

भूकम्प गएपछि क्षति पुगेको बौद्धदेखि पुनर्निर्माण भएर नयाँ स्वरुपमा आउँदासम्मका सबै फोटो लामाले कैद गरेका छन्। ती तस्वीरहरू पुस्तकको रुपमा सार्वजनिक भइसकेको छ।

काठमाडौंमा बिहीबार शुरु भएको काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा बौद्धको पुनर्निर्माणको कथा भन्ने फोटो पुस्तक ‘बौद्ध : रिस्टोरिङ द ग्रेट स्तुपा’ र त्यसमा संग्रहित केही तस्वीर प्रदर्शनीको लागि राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.