|

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसदले ५० आधी तलब पार्टीलाई बुझाउनुपर्ने भएको छ। आज दिउँसो कोटेश्वरमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकले पार्टीबाट निर्वाचित सांसदले पारिश्रमिकको ५० प्रतिशत लेबी बुझाउने निर्णय गरेको हो।

पार्टीका मागहरु सम्बोधन गर्ने सरकारलाई पार्टीले समर्थन गर्ने पार्टीका कानूनी सल्लाहकार सरोज बुढाथोकीले थाहा खबरलाई बताए। ‘पहिलो माग जति पनि कैदी बन्दी छन्, उनीहरूलाई रिहा गर्नुपर्ने। लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र झूटा मुद्दा सबै खारेज गर्नुपर्ने माग छ’, उनले भने, ‘जसले यी सबै माग पूरा गर्छ उसको सरकारलाई पार्टीले समर्थन गर्छ।’

यसैगरी बर्दिया क्षेत्र नम्बर २ बाट संघीय सांसदमा स्वतन्त्रबाट निर्वाचित लालवीर चौधरी आफ्नै बुहारी रन्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। पार्टीले वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णयपनि गरेको छ।

नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसदहरूको नाम पनि टुङ्गो लगाएको छ। सदको सूची भोलि आयोग पठाउनुअघि एकपटक पुनर्विचार गरेर मात्रै सार्वजनिक गरिने पार्टीका आइटी विभागका विवश यादवले बताए। प्रतिनिधिसभामा तीन सांसद निर्वाचित भएको उन्मुक्ति पार्टीले समानुपातिकतर्फ मधेशमा १, लुम्बिनी र सुदूरपश्चिममा २/२ गरी प्रदेशसभामा ५ सिट पाएको छ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि सुनिता चौधरी र दमोदर पण्डितको नाम टुंग्याइएको छ। यसैगरी लुम्बिनी प्रदेशसभा सदस्यका लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरिएको हो। मधेश प्रदेशसभा सदस्यका लागि रामचन्द्र चौधरीलाई छनोट गरिएको बताइएको छ।

 

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.