|

विश्वको जनसंख्या ८ अर्ब पुगिसकेको छ। अधिकांश व्यक्ति कुनै न कुनै धर्ममा आस्था राख्छन्। फरक फरक धर्ममा आस्था राख्ने व्यक्तिले ईश्वर पुज्ने तरिका पनि आफ्नै छन्।

कतिपय व्यक्ति कुनै धर्म नमान्ने पनि छन्। हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियनलगायत विभिन्न धर्म र त्यसमा रहेका आस्था व्यक्तिले आफ्नै तरिकाले प्रकट गर्दै आएका छन्।

विश्वमा सबैभन्दा बढी क्रिश्चियन धर्म मान्नेको बाहुल्य छ। विश्वभर करिब साढे दुई अर्ब व्यक्तिले क्रिश्चियन धर्म मान्ने गरेका छन् भने करिब २ अर्ब व्यक्ति इस्लाम मान्छन्।

त्यस्तै हिन्दु करिब साढे १ अर्ब छन् भने ५५ करोड व्यक्ति बुद्ध धर्म मान्ने तथ्यांक रहेको छ। आस्थाका यस्तै विषय समेटेर रोयर्टसले केही तस्वीर सार्वजनिक गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.