|

काठमाडौं : आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो। दिवसमा सहभागी हुन विराटनगरका पूर्व मेयर एवं नवनिर्वाचित प्रदेशसभा सांसद भीम पराजुली पनि पुगेका थिए।  

प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ। २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो।

सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ।  पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रूपमा मात्रै प्रयोग गर्नुपर्ने उनीहरूको माग छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.