|

काठमाडौं : मंसिर ४ मा तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेपछि निर्वाचन आयोगले सोमबार जलपान कार्यक्रम आयोजना गर्‍यो।  राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आयोगको कार्यालय कान्तिपथमा भएको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीसहित दलका नेताहरू उपस्थित भए।

जलपानमा खानेकुराहरूको मेन्युमा भेज पकौडादेखि लिएर फ्राई चिकेनसम्मको व्‍यवस्था थियो। ननभेज नखाने तथा फलफूल मन खानेहरूका लागि छुट्टै किसिमको व्यवस्था थियो।  स्याड्विच, भेज पकौडा, तारेको आलु,चिकेन फ्राइड, चिकेन रोष्ट, सलाद, पाउरोटी, हाल्फ बोइल भेजिटेबल, मकै, नट्स केक, ड्यागन फुड, मेवा, वाटर मेलन, किब्बी आदिको परिकारहरूको व्‍यवस्था थियो।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.