|

काठमाडाैँ : नेपाल पर्यटन बोर्डमा जारी दशौँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव आज समापन हुँदै छ। महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिने महोत्सवका निर्देशक पाण्डव खत्रीले बताए।

फिल्ममा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ। यसअघि ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। महोत्सवमा प्रदर्शनका लागि कथानक चलचित्र, वृत्तचित्र, एनिमेशन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्र छनोट गरिएको आयोजकले जनाएको छ। महोत्सवमा प्रदर्शन गरिने चलचित्रमध्ये चार विधामा उत्कृष्ट स्थान हासिल गर्नेलाई नगदसहित अवार्ड प्रदान गरिनेछ।

त्यसैगरी महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि अवार्ड प्रदान गरिनेछ। आइतबारदेखि ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना भएको महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स : टप अफ द वर्ल्ड’ देखाइएको थियो। महोत्सवको दोस्रो दिन चलचित्र प्रदर्शनसँगै ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानवअधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरूसँग प्यानल छलफल पनि गरियो।

यसैगरी महोत्सवको तेस्रो दिन पनि ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टाचार्यले मास्टर क्लास दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.