|

काठमाडौं : नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ। बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजेका लागि बोलाइएको छ। बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक-एकजना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन्।

सर्वदलीय बैठकलगत्तै दिउँसो १ बजे प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम छ। 

उनका अनुसार शपथलगत्तै राष्ट्रपतिले संसद् बैठक आह्वान गरेपछि पहिलो बैठकको तयारी गरिनेछ। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि जबराले नयाँ सभामुख चयन नहुँदासम्म संसद्‌मा सभामुखको भूमिका निर्वाह गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.