|

पाल्पा : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीवार पाल्पा आउने भएकी छन्। उनी पाल्पाको दोभानस्थित सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला जगन्नाथ पन्तले बताए। राष्ट्रपति दिउँसो तीन बजे आउने कार्यक्रम छ।

रूपन्देहीमा औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न आउने क्रममा मन्दिरमा दर्शन गर्ने भएकी हुन्।

मन्दिरमा दर्शन गरेपछि फर्कने कार्यक्रम रहेको प्रजिअ पन्तले बताए। अहिले सिद्धबाबा क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.