|
तस्विर–हिमालय टीभी

काठमाडौं :  करण राई ‘द भ्वाइस अफ नेपाल’ को चौथो संस्करणको विजेता बनेका छन्। शुक्रबार भएको ‘ग्राण्ड फिनाले’ मा करण टिम राजुबाट विजयी भएका हुन्।

विजेता घोषणा भएसँगै उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरे। उनले पल्सर एन एस १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री र ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार पनि हात पारे। 

टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू ‘फर्स्ट रनरअप’ भइन्। टिम प्रमोदबाट योगेश मगर ‘सेकेण्ड रनरअप’ घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने। दर्शकको भोटको आधारमा विजेता घोषणा गरेको आयोजकले जनाएको छ ।

जित हात पारेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिन मेहेनत गर्ने बताए।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.