|

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको संसदीय पार्टीको नेतामा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्।

पार्टीको काठमाडौंमा पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई पार्टीको नेता चयन गर्ने निर्णय गरेको हो। पार्टीको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आइतबार जानकारी दिएको छ।

केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशसभामा संसदीय पार्टीको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ। यसैगरी प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गरिएको छ।

लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ। मधेश प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय पार्टीको नेतामा छनोट गरिएको छ। पार्टीले आगामी २०८० साल वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.