|

काठमाडौं :  नवनिर्मित सत्तारूढ सात दलको बैठक नयाँ संसद्‌ भवन नयाँ बानेश्वरमा जारी छ। केहीबेर अघि सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सिके राउतल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेता सहभागी छन्।

बैठकले नयाँ सरकार गठनबारे छलफल गर्ने र सहमति जुटाउने बताइएको छ। यो बैठकले सबै दललाई मन्त्रालय भागवण्डाको विषय पनि टुंगो लगाउनेछ।

नेपाली कांग्रेसले आफ्नो अडान नछाड्दा पुरानो गठबन्धन टुटेर आइतबार नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.