|

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनी पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवासमा दौरा सुरुवाल सहितको राष्ट्रिय पोसाकमा पुगेका थिए। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएर शपथ लिएका हुन्।

प्रधानमन्त्री दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन्।

यसैगरी, तीनजना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा विष्णु पौडेल उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको शपथ लिएका हुन्। 

पौडेल प्रधानमन्त्रीपछिको पहिलो वरीयतामा छन्।

यस्तै, एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खान मन्त्री भएका छन्। उनीहरुको कार्यभार भने पछि तोकिने भएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.