|

काठमाडौं : अमेरिकामा अत्यधिक चिसो र हिमपातसहितको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ। 

न्यूयोर्कको एरी काउन्टीमा मात्रै मत्यु हुनेको संख्या २७ पुगेको छ। ४० इन्चभन्दा बढी हिमपात भएको र चिसो अत्यधिक बढेको अधिकारीहरुले जनाएका छन्। हिमपात हुने क्रम रोकिएको छैन भने तीव्र गतिमा चिसो हावा चलेको छ। देशभर कम्तीमा ४९ जनाको मृत्यु भएको छ। 

बफेलो सहरका प्रहरी आयुक्त जोसेफ ग्रामागालियाका अनुसार हिउँमा पुरिएका व्यक्तिहरुको शव खोज्ने क्रम जारी रहेको छ। यसले मृत्यु हुनेको संख्या थप बढ्ने अनुमान गरिएको छ। 

एरी काउन्टीका कार्यकारी मार्क पोलोन्कार्जले मृत्यु हुनेमध्ये केहीलाई उनीहरुकै गाडीमा, केहीलाई घरमा र केहीलाई सडकमा फेला पारिएको बताए। 

अमेरिकाका अधिकांश राज्यमा भएको हिमपात र तीव्र आँधीका कारण ७ हजारभन्दा बढी उडान प्रभावित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.