|

काठमाडौं :  आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ' पहिलो गीत सार्वजनिक गरिएको छ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक कथा बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा स्थान दिइएको छ।

म्युजिक प्रोडुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा शाक्क र विराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङको पनि स्वर सुन्न सकिन्छ।

निर्देशक मर्ण जेम्सले पनि सिनेमामा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएकको बताइन्। एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकार अभिनय रहेको छ।

सिनेमाले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने निर्माण पक्षको विश्वास छ।सिनेमालाई मर्ण जेम्स र यश सैनीले मिलेर निर्माण गरेका हुन्। सिनेमामा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ। सिनेमाको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.