|

काठमाडौं :  गायक जीवन साम्पाङ राईको गीत ‘याद’ सार्वजनिक भएको छ। भूपेन्द्र तुम्बाहाङफेको निर्देशन रहेको गीतको भिडियो सार्वजिनक भएको हो।

भुटानबाट नेपाल घुम्न आएकी युवती र पर्यटकलाई घोडा सवार गर्दै आएका युवाबीचको प्रेम कथा उनिएको भिडियोमा मिस भुटान सबिना सुब्बा र जीवन साम्पाङको अभिनय रहेको छ। उक्त गीत इलामको सुन्दर चियाबारीमा छायांकन गरिएको छ।

गीतमा स्वर;,संगीत र कम्पोज जीवनकै रहेको छ। निर्देशक तुम्बाहाङफले नै छायांकन गरेको भिडियोको सम्पादन अनिल रानाले गरेका छन्। गीतको भिडियो थैली इन्टरटेन्मेन्ट युट्युब च्यानलमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.