|

काठमाडौं :  इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले नटिंगम फरेष्टलाई ३–० गोल अन्तरले पराजित गरेको छ। जितसँगै युनाइटेडले शीर्ष चारसँगको दूरीमात्रै एक अंकमा झारेको छ।​

ओल्डट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। १९ औँ मिनेटमा कर्नरबाट क्रिस्टियन इरिक्सनले गरेको प्रहारमा ह्रासफर्डले गोल गरेका थिए। त्यसको तीन मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै घरेलु टोली युनाइटेडको अग्रता दोब्बर बनाए। खेलको ८७ औँ मिनेटमा ब्राजिलियन मिडफिल्डर कासमिरोले दिएको पासमा फ्रेडले गोल गर्दै युनाइटेडको जित सुनिश्चित बनाए।

जितपछि पाचौँ युनाइटेडको १५ खेलबाट २९ अंक भएको छ। युनाइटेड शीर्ष चार स्थानभन्दा एक अंकले पछि छ। यता शीर्ष चारकै होडमा रहेको चेल्सीले बर्नमाउथमाथि २–० गोलको सहज जित हात पार्‍यो। स्टाम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सीले पहिलो हाफमा नै दुवै गोल गरेको हो।

१६ औँ मिनेटमा रहिम स्टर्लिङले दिएको क्रसमा काइ हाभेर्टजले गोल गर्दै अग्रता लिए। २४ औँ मिनेटमा म्यासन माउन्टले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। जितपछि २४ अंक बनाएको चेल्सी ८औँ स्थानमा उक्लेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.