|

रुसले पश्चिमा देशहरूले तोकेको अधिकतम मूल्य सीमा पालना गर्ने देश र कम्पनीलाई तेल बिक्रीमा प्रतिबन्ध लगाउने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेल बिक्रीमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका हुन्।

जी–७ का सदस्यराष्ट्र, यूरोपेली संघ तथा अष्ट्रेलियाले यही डिसेम्बर ५ देखि लागू हुने गरी रुसले निर्यात गर्ने तेलको अधिकतम मूल्य ६० डलर प्रतिब्यारेल तोकेका थिए। 

रुसले अब आफ्नो तेल मूल्य सीमा लगाउने कसैलाई बिक्री नगर्ने बताएको छ। यो प्रतिबन्ध फेब्रुअरी १ देखि जुलाई १ सम्म पाँच महिना लागू हुनेछ।

आदेशमा उल्लेख भएअनुसार कुनै निश्चित देश वा कम्पनीका हकमा राष्ट्रपति पुटिनको विशेष निर्णयमा प्रतिबन्ध हटाउन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसले अहिले तेल प्रतिब्यारेल ८० डलरमा बिक्री गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.