|

'यदि मैले पहिले गोली हान्न मौका पाँए भने, मेरो निशाना तिमीमाथि हुनेछ। म तिमीलाई मारिदिन्छु।'

यसो भन्दै म्यानमार सेनामा कार्यरत आफ्ना छोरासँगको कुराकानीमा बो क्यार यान रोए। बो क्यार यान गत वर्ष फेब्रुअरीदेखि म्यानमारको सेना विरोधी संगठनका लागि काम गर्दै आएका छन्।

गत वर्ष फेब्रुअरीमा म्यानमारको निर्वाचित प्रजातान्त्रिक सरकारलाई सैन्य कूद्वारा सत्ताबाट हटाइएपछि म्यानमारमा गृहयुद्ध सुरु भएको थियो।

बो क्यार यीन सैन्य शासनको विरोध गर्ने संगठनहरूमा सामेल भए। जब उनको छोरा सेनामा भर्ती भए।  उनले बलपूर्वक सत्ता कब्जा गरेको सेनाको रक्षामा काम गरिरहेका छन्।

छोरा न्या न्यीसँग  रिसाएको बो क्यारले यहाँसम्म पनि भनेका छन्, ‘तिमीले मलाई बाबु भएर छोड्न सक्छौ तर म तिमीलाई छोड्ने छैन, त्यसैले हामी तिम्रो चिन्तामा छौँ।’

बो क्यार जंगलमा एक्लै बसेर छोरासँग फोनमा यो कुराकानी गर्दै थिए। उनको कुरा सकिएपछि छोराको जवाफ आउँछ, 'बुवाको हैसियतमा मलाई पनि तपाईंको चिन्ता छ। तपाईंले मलाई सिपाही बन्न प्रोत्साहन दिनुभयो।'

बो क्यारका दुई छोरा छन् जो हाल म्यानमार सेनामा कार्यरत छन्। जेठो छोराले उनको कुनै पनि फोन कलको जवाफ दिँदैनन्। त्यसैले उनले आफ्नो कान्छो छोरा न्या न्यीलाई सेनाको जागिर छोड्न भनिहरहेका छन् ।

यसको कारण बताउँदै बो क्यार भन्छन्,' यो सेनाले घरमा आगजनी गर्छ, भत्काउँछ। सिपाहीहरूले मानिसहरूलाई मार्छन्। निर्दोष प्रदर्शनकारीलाई पनि गोली हान्छन्, बिना कारण बच्चाहरूलाई मार्छन्।'

बुबाको आरोपमा  सैनिक छोरा भन्छन्, 'बाबा तपाईले जे भन्नु भएको हो  हामीले त्यस्तो देखेका छैनौं। गरेका छैनौं।'

म्यानमारको सेनाले त्यस्ता घटनालाई त्यसै गरी अस्वीकार गर्छ तर म्यानमारमा सैनिकमाथि हुने अत्याचारका घटना लुकेका छैनन्, तर सार्वजनिक छन् र त्यसका प्रमाणहरू छन् ।

छोरासँगको फोन वार्ता सकिएपछि बो क्यार भन्छन्, ‘उनी आफ्ना दुवै छोरालाई सेनाको सेवा छाड्न मनाउन खोजिरहेका छन् । तर उनीहरु सुन्न तयार छैनन्। अब यो भाग्यमा निर्भर छ, हाम्रो भेट युद्धको मैदानमा नहोस्।

बो क्यारले स्थानीय उखानको साथ आफ्नो अवस्था बताउँछन्। भन्छन्- 'जसरी सिमीको कोशााभित्र दुई वा तीनवटा दाना स्वस्थ हुन्छन्, केही हुँदैनन्। परिवारमा पनि त्यस्तै हुन्छ। यसमा सबै सदस्य उपयोगी हुँदैनन्।'

बो क्यार र उनकी श्रीमती यीन यीन मिन्टका आठ सन्तान छन्। आफ्ना दुई छोरा सेनामा छनोट हुँदा उनलाई गर्व थियो । सैनिक तालिमबाट उत्तीर्ण भएका दुवै छोराको तस्वीर बो क्यार आफैँले सम्झनामा राखेका थिए। आज उनका दुवै छोरा सेनाका वरिष्ठ अधिकृत बनेका छन्।

सेनाप्रतिको माया कसरी घृणामा परिणत भयो ?

बो क्यार ती दिनहरू सम्झन्छन्, 'तपाईको घरबाट कोही सेनामा छनोट हुनु भनेको प्रतिष्ठाको कुरा हुन्थ्यो। हाम्रो मध्ये क्षेत्रमा मानिसहरूले सेनाका जवानहरूलाई फूलले स्वागत गर्थे।'

बो क्यारकी श्रीमतीले दुवै छोराले सेनामा भर्ती गराउन आफूले  खेतमा काम गरेर आवश्यक पढाइ पूरा गराएको पनि स्मरण गराइन्। 

गृहयुद्ध सुरु नभएको भए म्यानमारको सेनामा कार्यरत दुई छोराले परिवारको आर्थिक र सामाजिक अवस्था राम्रो हुन सक्थ्यो। तरऽ गत वर्षको सैन्य विद्रोहले सबै कुरा परिवर्तन गर्यो।

बो क्यारले निशस्त्र प्रजातन्त्र पक्षधर आन्दोलनकारीमाथि सेनाले गरेको अत्याचार आफ्नो आँखा अगाडि देखे, सेनाले उनीहरूलाई मारेको र कुचलेको देखे।त्यसबेलादेखि उनलाई सेनाप्रति कत्ति पनि सम्मान हुन् छाड्यो। त्यस यता उनले आफ्ना छोराहरूलाई सेना छोड्न आग्रह गर्दै आएका छन्।

बो क्यार भन्छन्, 'उनीहरूले (सेना) किन प्रदर्शनकारीहरूलाई गोली हाने, किन यातना दिए? यी मानिसहरूले किन अनावश्यक रूपमा मानिसहरूलाई मार्छन्।'

बीबीसीबाट अनुवाद

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.