|

काठमाडौं : भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर जिल्लामा एउटा पार्टीको ¥यालीमा भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु भएको छ। 

तेलुगु देशम पार्टी टीडीपीका प्रमुख एवम् आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले आयोजना गरेको र्यालीमा टीडीपीका ७ कार्यकर्ताको मृत्यु भएको हो। घटनामा कयौँ मानिस घाइते भएको बताइएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। नायडुले रोड शो गरिरहेका बेला जम्मा भएका हजारौँ मानिसहरुबीच अचानक भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भागदौडकको कारण थाहा हुन सकेको छैन। नायडुको पार्टीले मृतकका परिवारलाई भारतीय १० लाख रुपैयाँ उपलब्ध गराउने र घाइतेको उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 
 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.