|

काठमाडौं : चीनमा कोरोना संक्रमण बढेको केही दिनमा जापानमा पनि तीव्र रुपमा संक्रमण फैलिएको छ। 

जापानमा बुधबार हिजो मात्रै झण्डै साढे ४ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। यो तथ्यांकपछि थप झण्डै २ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको ओल्डोमिटरले उल्लेख गरेको छ। 

हिजो २ लाख १६ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये २० हजार २ सय ४३ केश राजधानी टोक्योमा मात्रै भेटिएका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार पछिल्लो एक हप्तामा चीनपछि सबैभन्दा बढी जापानमा कोरोना संक्रमण फैलिएको छ। 

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि र मृत्यु हुनेको संख्या पनि अचानक बढेपछि जापान सरकारले लकडाउन लगायतका विकल्पमा छलफल सुरु गरेको छ। उता चीनीले भने शून्य कोभिड नीति बन्द गरेर प्रतिबन्धहरु खुकुलो पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.