|

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।

औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।

यो साताका तस्विर–

शीतलनिवासमा सपथ : राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोमबार शपथ गराउँदै । 

धेरै छन् चुनाैती : पदभार ग्रहण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

न्याय देऊ : निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा महिला। 

सिप र श्रम : काठमाडौंको नयाँ सडक पेटीका रेलिङ रंग्याउँदै श्रमिक।

नयाँ वर्षको मुस्कान : तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा युवती।

नाटकमा राजनीति : विश्वविद्यालयमा भइरहेको विद्यार्थी राजनीतिको चित्रण गर्ने 'ज्ञानको चिहान' शिल्पीमा मञ्चन।

लामो पुल : महेन्द्रनगरको महाकाली नदीस्थित देशकै सबैभन्दा लामो (लम्बाइ एक हजार ४५२.८६ मिटर र १.६ मिटर चौडाइ ) दोधारा चाँदनी झोलुंगे पुल।  

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.