|

कपिलवस्तु : कपिलवस्तुमा नीलगाई मारेको आरोपमा तीनजना पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका-८ शिहखोरमा नीलगाईको मासु भागबण्डा लगाउँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नीलगाई आरक्षित जनावरको सूचीमा रहेकाले शिकार गर्न पाइँदैन।

नदीको बगरमा शुक्रबार दिउँसो नीलगाईको मासु भाग लगाउँदै गरेको सूचना पाएपछि मर्दातपुरबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।पक्राउ पर्नेमा स्थानीय जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका-२ महोम्द इमरान, नसुम्ला मुसलमान छन्। तीनै जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.