|

कञ्चनपुर : लुटपाटमा संलग्न भई पक्राउ परेका तीनजना भारतीयलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतवार सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश लखिमपुर थाना मितौली ग्राम मितौली पोष्ट बस्ने वर्ष ३० का राजु इदरिसी, वर्ष २७ का मुजिव बञ्जाडा र जिल्ला लखिमपुर खिरी थाना भिरा, ग्राम हसिमराना पोष्ट जगदेउपुर बस्ने वर्ष ४२ का युसुफ बन्जाडा रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीको कमाण्डमा सीमा क्षेत्रमा गस्तीमा खटिएको टोलीले पुस १६ गते राति उनीहरूलाई पक्राउ गरेको थियो। 

तीनैजनाले नेपाली सीमावर्ती गाउँमा भएको लुटपाटको घटनामा संलग्न भएको प्रहरीलाई बयान दिएका छन्। 
पुस ७ गते राति बेलौरी नपा–१ फटैयाका ललित भट्टको घरबाट रु. तीन लाख २० हजार, गहना र मोबाइल फोन लुटपाट गरेका थिए। पुस १२ गते राति २ बेलौरी नपा–२ बैजुडाँडाका मनोज चौधरी र प्रेमनाथ चौधरीको घरबाट हतियार देखाई नगदरु ६० हजार र सुनका गहना लुटपाट गरी लगेका थिए।तीनैजना माथि प्रहरीले डाँकाचोरी, हातहतियार खरखजाना अन्तर्गत मुद्दा दायर गर्ने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.