|

काठमाडौं :  माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको माग बढेको छ। काठमाडौंमा विशेषषरी धादिङ, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी र सुनसरीलगायत जिल्लाबाट तरुल आयात हुन्छ।

कालिमाटी तरकारी बजारमा अहिले सिमल, हात्तीपाइले जातका साथै नीलो, ​सेतो र वनतरुल भित्रिएको छ। यसका साथै स्कुसका जरा पनि बजारमा देखिन्छ। कालिमाटी बजारमा हरेक वर्ष माघे संक्रान्तिको सेरोफेरोमा एक हजार टनभन्दा बढी तरुलको व्यापार हुने गरेको व्यापारी बताउँछन्।

आकार र जातअनुसार केजीको २०० देखि ५०० रुपैयाँसम्म किनबेच भइरहेको छ। वनतरुल भने प्रतिकेजी २५० मा बिक्री भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.