|

काठमाडौं : संयुक्त राष्ट्र संघले गत वर्षको भीषण बाढीबाट आक्रान्त बनेको पाकिस्तानलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ। 

जेनेभामा जारी बैठकमा महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानसहित विकाशील देशहरुको स्थिति सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरे।  

जलवायु समस्याबारे छलफलका लागि उपस्थित भएका विभिन्न देशका प्रतिनिधिलाई सम्बोधन गर्दै गुटेरेशले पाकिस्तानमा बाढीले पुर्‍याएको क्षति स्मरण गराउँदै शंका लागे पाकिस्तान भ्रमण गर्न आग्रहसमेत गरे। उनले क्षतिबारे अवलोकन गरेर जलवायु परिवर्तनले पुर्‍याएको असरबारे जानकारी राख्न आग्रह पनि गरे। 

गुटेरेशले जलवायु परिवर्तनको असरका लागि कम जिम्मेवार भएका देशहरु नै बढी मारमा परेको उल्लेख गरे। 

पाकिस्तानमा सन् २०२२ मा को बर्षायाममा सिन्ध र बलोचिस्तान प्रान्तमा आएको बाढीका कारण झण्डै साढे तीन करोड मानिस प्रभावित भएका थिए। 

१७ सयभन्दा बढीको मृत्यु भएको थियो भने ८० लाख मानिस विस्थापित नै भएका थिए। बाढीका कारण २२ लाख घरमा पूर्णरुपमा क्षति पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.