|

काठमाडौं : फ्रान्सका कप्तान तथा  गोलकिपर ह्युगो लोरिसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

टोटेनह्याम कप्तानको निर्णय डिसेम्बर ज्ञड मा द्दण्द्दद्द को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा फ्रान्स पराजित भएको तीन हप्ता पछि आएको हो।​ लोरिसले आफ्नो देशको कप्तानीमा चार वर्षअघि सन् २०१८ को विश्वकप जितेको थियो।

मैले सबै थोक दिएको महसुस गर्दै अन्तर्राष्ट्रिय करियर रोक्ने निर्णय गरेको छु।’ फ्रान्सेली पत्रिकासँग कुरा गर्दै उनले थपे, ‘मलाई लाग्छ कि यो अहिले घोषणा गर्नु महत्त्वपूर्ण छ, युरो छनोट सुरु हुनुभन्दा साढे दुई महिना अघि।’ फ्रान्स युरो २०२४ को छनोट समूहमा जिब्राल्टर, ग्रीस, नेदरल्यान्ड्स र रिपब्लिक अफ आयरल्याण्डसँग परेको छ।​ 

लोरिसले नोभेम्बर २००८ मा उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलबाट २१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले विश्वकपको फाइनलमा अर्जेन्टिनासँगको हारमा आफ्नो १ सय ४५ औं क्याप जितेका थिए जसले उनलाई फ्रान्सको कीर्तिमानी उपस्थिति बनाएको थियो।

लोरिसले १ सय २१ पटक फ्रान्सको कप्तानी गरे, जुन कीर्तिमान पनि हो। उनले भने, ‘विश्वकप सकिएदेखि नै मैले यसबारे सोचिरहेको थिएँ, तर मभित्र छ महिनादेखि केही गहिरो कुरा थियो र जुन प्रतियोगिताको क्रममा बढ्दै गयो, जसले मलाई यो निर्णय गर्न बाध्य बनायो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.