|

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ। यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए ।

जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो। त्यसबेला राणा सनाउल्लाह पञ्जाब विधानसभाबाट बाहिरिँदै थिए।

यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए।

यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो। पञ्जाबमा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को सरकार छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.