|

सुरेश आचार्य

पुस २७ का दिन पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रूपमा मनाउॅदैछौ - नेपाल एकीकरणको प्रतीकको रूपमा रहेको यस दिनलाई सबै नेपालीले जीवनपर्यन्त मनाउन पाइरहून्- हामी सबैलाई शुभकामना छ।

पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा २०४५ सालमा त्रिभूवन विश्वविद्यालयले आयोजना गरेको राष्ट्रव्यापी अन्तर क्याम्पस निबन्ध लेखन प्रतियोगितामा म पुरस्कृत भएको दिन, आज ३४ वर्षपछि पनि मलाई मिठो सम्झना हुन्छ। १० हजार शव्दमा लेख्नुपर्ने उक्त निबन्ध लेख्दा म सॅग त्योबेला कम्प्युटर नभएकोले २ वटा पातलो टाइप पेपरको बीचमा कार्बन पेपर राखेर हातले लेखेको २१ पेजको मेरो निबन्ध, त्रिभूवन विश्वविद्यालयले “एकेडेमिक जर्नल” मा प्रकाशित गर्ने भनेको थियो। 

पृथ्वीनारायणकै परिकल्पनाअनुसार समावेशी सामाजिक, राजनीतिक र आर्थिक थिति बसाल्ने, देशमा औधोगिकीकरण र खनिज पदार्थको उत्खनन गर्ने, देशभित्रै रोजगारी सिर्जना गर्ने, गरिबी न्यूनीकरण गर्ने जस्ता कुराहरूलाई समाविष्ट गरिएको न्यूनतम साझा कार्यक्रमलाई सफल पारेर राष्ट्निर्माणको गतिलाई समयानुकूल नयॅा दिशाबोध गर्न प्रधानमन्त्री प्रचण्डले  पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा लिनुभएको समायोजनकारी दृष्टिकोण नेपाल र नेपालीका लागि शुभलाभकारी हुने अपेक्षा राख्न सकिन्छ।

लगत्तै देशमा राजनीतिक आन्दोलन भएकोले छाप्यो कि छापेन, मलाई जानकारी हुन सकेन। मसॅग खल्तीमा पैसा नभएको बेलामा ठूलो धनराशीको नगद पुरस्कार जित्दा मलाई संसारै जिते जस्तै भएको थियो ! हुन त यो निबन्ध मैले लेख्नुको मूल लक्ष्य पैसा जित्नकै लागि मात्र थियो ! तर यस निबन्ध लेखनमा मेरो यति मेहनत परेको थियो कि आखिर यही लेखनीले नै मलाई लेख्ने बानी सिकायो र देशप्रति निष्ठावान रहने आदत बसालिदियो। यसकारण व्यक्तिगत रूपमा पृथ्वी जयन्ती मेरो मानसपटलमा घुमिरहन्छ !

गोर्खाका राजा पृथ्वी नारायण शाहले सदियौदेखि टुक्रिएर विखण्डित रहेको नेपाललाई एकीकरण गर्ने महाअभियानको जग हालेर विश्वभरी नेपाली जातिको पहिचान स्थापित गराएका हुन्।

आधुनिक नेपालको तराई, पहाड र हिमालमा बसोबास गर्ने “प्राचीनतम् विशाल नेपाले देश” बाट विंभिन्न कालखण्डमा टुक्रिएका खस, अवध, विधेय, कोचिला, लिम्वुवान, किरात, विजयपुर, चौदण्डी एवं बाइसे र चौबिसे टुक्रेराज्यहरूलाई पृथ्वीनारायण शाहले “पुनः एकीकरण” नगरेको भए, आज नेपाल एक सार्वभौम देशको रूपमा स्थापित हुने थिएन, हामी जहॅारहे बसेका भए पनि हामी कोही पनि नेपाली रहने थिएनौँ।

यसकारण पृथ्वीनारायणलाई राजा मात्र भनेर सम्झिनुपर्ने नभई देश एकीकरणका महानायक भनेर प्रत्येक नेपालीले सम्झिनुपर्ने नै हुन्छ।

छिमेकी भारत, चीन र महाशक्तिराष्ट्र अमेरिका भन्दा अघि नेपाल एक स्वतन्त्र राष्ट्रको रूपमा विश्व मानचित्रमा स्थापित हुने कुरा चानचुने होइन, युगान्तकारी कुरो हो ! जुनबेला अहिलेका भारतीयहरू काश्मीर, ग्वालियर, हैदरावाद, बरोडा, मैसुर, ट्रिभ्यान्कोर, सिक्किम, मेवाड, कोचिन लगायतका देशका नागरिक थिए, त्यसभन्दा २३० वर्षअघि नै सार्वभौम र स्वतन्त्र नेपाल र नेपालीको पहिचान स्थापित भइसकेको थियो। यसको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ।

ऊ बेला पृथ्वीनारायण अनपढ थिए होलान्, गवार थिए होलान्, गरिब थिए होलान्, आजको भाषामा अप्रजातान्त्रिक थिए होलान्, कठोर, दम्भी र निरंकुश थिए होलान्- तर उनको सामाजिक सदभाव र सांस्कृतिक लगाव, राष्ट्रप्रेम र देशभक्तिमाथि आजपर्यन्त पनि कसैले प्रश्न उठाउन सक्तैन। ब्रिटिस साम्राज्यवादलाई नेपालमा पस्न नदिएर पृथ्वी नारायण शाहले जानेर होस्, नजानेर होस्- आफूलाई साम्राज्यवाद विरोधी नायकको रूपमा ईतिहास निर्माण गरेका हुन् !

नेपाल देशको पुनः एकीकरण गर्नुअघि नै नेपाली सेनाको संस्थापना गरेर पृथ्वीनारायणले बडामहाराजा हुनुअघि नै राष्ट्रिय एकीकरणको जुन सपना देखे र परिकल्पना गरे, त्यसबाट उनी एकादेशका राजा थिए भन्ने कुरा गौण हुन पुग्छ, बरू उनी देशभक्त नेपाली भएकोलै आफ्ना प्रजा (दुनियादारी)को नि:स्वार्थ सहयोगबाटै पृथ्वीनारायणमा महाअभियान सञ्चालन गर्ने त्यो आँट र साहस पलाएको हुनुपर्छ !

जुनबेला अमेरिकी, हिन्दुस्तानी र चिनियाँहरूले देशलाई स्वतन्त्र र सार्वभौम बनाउने सपनासम्म पनि देखेका थिएनन् त्यसबेला पृथ्वीनारायण शाहले “देशनिर्माण” (Nation building) को जीवन्त खाका नै बनाइसकेका थिए- जुन उनको “दिव्य उपदेश” बाट बोध हुन्छ।

उनले गरेका देश निर्माणको परिकल्पना तथा विकास र सुधारको काम आज ३०१ वर्षपछि पनि कुनै शासकले पनि आंशिक कार्यान्वयनसम्म गरेको पाइन्न। यतिका दसकौँ मौका पाउँदा आफूले गर्न नसकेका देश निर्माणको कामका निम्ति अहिले पृथ्वीनारायण शाहलाई सरापेर हुन्छ र?

नेकपा माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड संसदीय निर्वाचनमा त्यही कालजयी पृथ्वीनारायण शाहको जन्म र कर्मभूमिबाट निर्वाचित हुनुभएको छ! निर्वाचनको १० दिनअघि मसहित राप्रपा नेपालका ५ पदाधिकारीलाई खुमलटारमा उहॅाले चियापानको भेटघाटका क्रममा नेपाल एकीकरणको थलो गोर्खा जिल्लाबाट चुनावमा उम्मेदवारी दिनुको मूल आशय नै “राष्ट्रिय एकता र सदभावको सन्देश दिनलाई” भएकोले तपाईंहरूको सहयोगका लागि समेत अनुरोध गर्छु भन्नुभएको थियो! वास्तवमै प्रचण्डजीले गोर्खाबाट चूनाव जित्नुमात्र भएन, यसपटक उहॅाले पृथ्वीनारायणकै रूपरेखाअनुसार संसदमा भएका अधिकांश दलहरूको राष्ट्रिय सहमति नै जुटाएर हिजोमात्रै विश्वासको मत पनि प्राप्त गर्नुभएको छ !

यसका अतिरिक्त, उहॅाले पुस २७  मा राज्यस्तरबाटै पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता र सदभावको सन्देशसमेत पुनः सन्चार गर्नुभएको छ! यसभन्दा अघि राप्रपा नेपालका अध्यक्ष तत्कालीन उपप्रधानमन्त्री कमल थापा सरकारमा छॅदा २०७४ सालमा पनि सार्वजनिक विदा दिंएर राज्यस्तरबाटै पृथ्वीजयन्ती मनाइएको थियो, तर त्यो राजनीतिक चक्रव्यूहमा परेर फेरि राज्यस्तरबाट मनाउन छोडियो! तापनि पृथ्वीजयन्ती जनस्तरमा मनाउने चलन हिजो पनि रोकिएन, नेपाल देश अखण्डित रहेसम्म शायदै भविष्यमा कहिल्यै रोकिएला!

भौगोलिक एकीकरण र सामाजिक सद्भावको थालनी गरेका पृथ्वीनारायणको परिकल्पना अनुसारको देशनिर्माण (Nation building) को कामकाज विगत ३०० वर्षका उनका वंशानुगत  उतराधिकारी वा गैर वंशानुगत शासकहरूले गर्न सके-सकेनन् भनेर विवाद गरी अब समय खेर फाल्नुभन्दा प्रचण्डजी पृथ्वीनारायण शाहका अधुरा परिकल्पनाहरूलाई पूरा गर्ने “सेतु” बन्न सक्नुभयो भने त्यसले वर्तमान लोकतान्त्रिक प्रणाली, जनताको समृद्धि र देशलाई स्थिरता तर्फ उन्मूख गराउन सक्छ। तर, एउटा कम्युनिष्ट नेताका लागि योभन्दा ठूलो चुनौती र अवसर अर्को के नै होला र!

अब परिस्थिति बदलिएको छ, राष्ट्रियता र देशभक्तिको परिभाषा पनि ऐतिहासिकताको मूलजगमा समयानुकूल बदलिएको छ। देशको अनुहार बदल्न भोट पनि बदल्नुपर्ने नारा दिएर अहिले नयॅा पुस्ताका राजेन्द्र लिंगदेन, रवि लामिछाने र सिके राउत जस्ता जुझारू व्यक्तिहरू प्रधानमन्त्रीको साथमा छन्! भ्रष्टाचार र देशको निर्माण गर्ने हुटहुटी यी तीनै नेताहरूमा रहेको छ! यी तीनै जनाले नेपालको भौगोलिक र जातीय विविधतालाई पनि प्रतिनिधित्व गर्ने भएको कारणले पनि यस पटकको पृथ्वी जयन्तीले छुट्टै महत्व पाएको छ।

“घुस खान्या र दिन्या, देशका शत्रु हुन्” भनी पृथ्वीनारायणले पहिचान गर्नुभएको राष्ट्रिय रोग  मात्र नभई पृथ्वीकालीन नेपालको परराष्ट्र सम्बन्धका बारे समेत प्रचण्डको प्रधानमंत्रीत्वको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमको मुख्य बॅुदाका रूपमा आउनुबाट प्रचण्डले अघोषित रूपमा पृथ्वीपथलाई साझा मार्गको रूपमा अधि बढाउने असल सोंच राख्नुभएको हो कि भनी बुझ्न सकिन्छ।

“प्रजा बलिया भया, देश बलियो हुन्या छ” भन्ने भाव व्यक्त गर्ने पृथ्वीनारायण शाह ५२ वर्षको उमेरमै अकालमा नमरेका भए, उनले त्यही बेला नै गणतान्त्रिक नेपालको जग पनि हाल्ने थिए कि?

उनले कहीँ पनि आफ्नो वंशानुगत विरासतलाई चीरकाल पर्यन्त कायम गर्नुपर्ने आशय वा आकांक्षा प्रस्तुत गरेका प्रमाण भेटिन्न।

उनको अकालमा मृत्युपछि तत्कालीन शक्तिशाली भारदारहरूले संभवतः एकीकरण अभियान अलपत्र पर्ने वा विजातीय लडाकू भारदारहरू बीचमै टुटफूटको शृंखला सुरु हुने पूर्वानुमान गरेर तत्कालीन भारदारहरूले नै प्रतिकात्मक रूपमा राजसंस्थालाई निरन्तरता दिएको हुनुपर्छ भन्ने मेरो मान्यता छ।

पृथ्वीनारायणकै परिकल्पनाअनुसार समावेशी सामाजिक, राजनीतिक र आर्थिक थिति बसाल्ने, देशमा औधोगिकीकरण र खनिज पदार्थको उत्खनन गर्ने, देशभित्रै रोजगारी सिर्जना गर्ने, गरिबी न्यूनीकरण गर्ने जस्ता कुराहरूलाई समाविष्ट गरिएको न्यूनतम साझा कार्यक्रमलाई सफल पारेर राष्ट्निर्माणको गतिलाई समयानुकूल नयॅा दिशाबोध गर्न प्रधानमन्त्री प्रचण्डले  पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा लिनुभएको समायोजनकारी दृष्टिकोण नेपाल र नेपालीका लागि शुभलाभकारी हुने अपेक्षा राख्न सकिन्छ। के कुरा सत्य हो भने इतिहासलाई “कन्डेम” गरेर भविष्यको निर्माण हुन सक्तैन।

भौगोलिक एकीकरण र सामाजिक सद्भावको थालनी गरेका पृथ्वीनारायणको परिकल्पना अनुसारको देशनिर्माण (Nation building) को कामकाज विगत ३०० वर्षका उनका वंशानुगत  उतराधिकारी वा गैर वंशानुगत शासकहरूले गर्न सके-सकेनन् भनेर विवाद गरी अब समय खेर फाल्नुभन्दा प्रचण्डजी पृथ्वीनारायण शाहका अधुरा परिकल्पनाहरूलाई पूरा गर्ने “सेतु” बन्न सक्नुभयो भने त्यसले वर्तमान लोकतान्त्रिक प्रणाली, जनताको समृद्धि र देशलाई स्थिरता तर्फ उन्मूख गराउन सक्छ। तर, एउटा कम्युनिष्ट नेताका लागि योभन्दा ठूलो चुनौती र अवसर अर्को के नै होला र!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.