|

काठमाडौं : महानगर क्षेत्रमा नियम कानुन मिचेर राखिएका विज्ञापन बोर्डहरू कमपाले हटाउने कामलाई तीव्रता दिएको छ। केही दिनयता महानगरले बोर्ड निकाल्न सक्रिय रूपमा लागिपरिरहेको छ।

महानगरले आफ्नो क्षेत्राधिकारभित्र हालसम्म करिब २२ सयभन्दा बढी बोर्डहरू निकालिसकेको बताएको छ। नगर प्रहरी निरीक्षक रामेश्वर उपाध्यायका अनुसार त्रिपुरेश्वर, बागबजार, पुतलीसडक माइतीघर, थापाथलीलगायत क्षेत्रबाट यो संख्यामा बोर्ड निकालिएको हो।

महानगरको विज्ञापन बोर्ड अनुसारको नीतिअनुसार भर्टिकल बोर्ड राख्न नपाइने भन्दै उनले बढीमा ३० स्क्वायर फुट त्यो पनि इजाजत लिएपछि मात्र राख्न पाइने बताए।

अहिले दैनिक करिब ५०-६० वटा बोर्ड निकालिरहेको उपाध्यायले थाहाखबरसँग बताए।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.