|

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनको निजी निवासबाट सरकारका गोप्य दस्ताबेजहरु बरामद भएका छन्। 

डेलावेयरको विलमिंगटनस्थि बाइडेन निवासमा बाराक ओबामा राष्ट्रपति भएको समयका गोप्य दस्ताबजेहरु फेला परेका हुन्। त्यतिबेला बाइडेन उपराष्ट्रपति थिए। बाइडेनको घरमा गोप्य दस्ताबेजहरु फेला परेको ह्वाईट हाउसले पुष्टि गरेको छ। 

यो सँगै वासिंटनस्थि तथिंक ट्यांकमा पनि त्यस्ता दस्ताबेज फेला परेका छन्, जहाँ यसअघि बाइडेनको कार्यालय थियो। राष्ट्रपति बाइडेनले भने आफ्नो निवासमा सुरक्षासँग जोडिएका दस्ताबेज फेला परेको प्रति आश्चर्य व्यक्त गरे। साथै उनले अनुसन्धानका लागि सघाउने प्रतिबद्धता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

अमेरिकी महान्यायाधीवक्ता मेरिक गारल्याण्डले यसरी फेला परेका दस्ताबेजको छानबिनका लागि विशेष अधिवक्ता रोबर्ट हुरको नेतृत्वकोमा समिति गठन गरेका छन्। 

यसैबीच अमेरिकी संसदमा रिपब्लिकन पार्टीका सांसदहरुले बाइडेनको घरमा आउने पाहुनाहरुको विवरण सार्वजनिक गर्न माग गरेका छन्। उनीहरुले ती पाहुनाहरुबाट दस्ताबेजहरु आएको आशंकामा यस्तो माग गरेको बीबीसीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.