|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य थप बिग्रिएको छ।

चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ। उनको अहिले ललितपुरको सुमेरु अस्पतालमा उपचार थालिएको सचिवालयले जनाएको छ। 

वंशाणुगत जण्डिसबाट पीडित नेता पुन गत वर्ष थाइल्याण्ड र चीनका अस्पतालमा दुई महिना उपचार गरेर फर्किएका थिए।

गत मंसिर ४ को चुनावको धपेडीले फेरि समस्या देखिएपछि उनी चीनमा उपचार गराएर तीन सातापछि गत पुस ५ मा फर्किएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.