|

कञ्चनपुर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका-७ लालपुर नजिक आज साँझ से २त १०३५ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा अन्दाजी वर्ष २२ की युवतीको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा वेदकोट नगरपालिका-१ पिपलथलाकी तारा मल्ल रहेकी छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रयाक्टरले साइकलमा महेन्द्रगर बजारबाट फर्कदै गरेकी मल्ललाई ठक्कर दिएको हो।

ट्रयाक्टर चालक फरार रहेका छन्। चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.