|

तुलसीपुर : दाङमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा २ जना घाइते भएका छन्। शनिबार बेलुका करिब ६ बजेतिर तुलसीपुरबाट दुधरासतर्फ गइरहेको से ६ प ८९७८ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च १३०६ नम्बरको कार एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा परेर घाइते हुनेमा कैलाली घर भई हाल दुधरासको सिमेन्ट उद्योगमा काम गर्दै आएका मोटरसाइकल चालक ३५ वर्षीय मानसिंह राना र मोटरसाइकलको पछाडि सवार ३२ वर्षीय मुकेश चौधरी रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घाइतेमध्ये दुवैको अवस्था मध्यम रहेको र कार चालक रोल्पाको रुन्टीगढी गाउँपालिका-५ का तिलबहादुर बुढासहित गाडी र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.