|

सल्यान : सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको छ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आइतबार दिउँसो पुरीले बालकको हत्या गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हत्या गर्ने पुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपालप्रसाद श्रेष्ठले जानकारी दिए।

स्थानीयले भने पुरी मानसिक रूपमा ठिक नभएको र विगत केही महिनादेखि औषधि सेवन गरिरहेको जनाएका छन्। पुरीको मानसिक अवस्था ठिक भए‚ नभएको उनको स्वास्थ्य परीक्षण पछि मात्र थाहा हुने श्रेष्ठको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.