|

काठमाडौं : ​आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका ९ जनाको मृत्यु गएको पुष्टि भए पनि ५ जनाको सनाखत भएको छ।

ज्यान गुमाउनेमा पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल रहेका छन्।

कुश्मा नगरपालिका–१ पाङका १० महिने बालक रिहान पौडेल र रचना काफ्लेको सनाखत भएको  छ भने पर्वतको विहादी गाउँपालिकाका ४ जनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुश्माका बाबुछोरी नै छन्। दुर्घटनामा कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धिको निधन भएको छ। 

काठमाडौंको वृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परे।

‘छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ,’ अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, ‘उहाँहरूलाई लिन भाइ (अरुणका भाइ) केशव विमानस्थलमै पुग्नुभएको थियो।’ केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरेका छन्।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्किएका थिए। अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल ३ छोरी र पत्नीसँग काठमाडौँमा बस्दै आएका थिए। कोरियाबाट फर्किएपछि समाज सेवामा लागेका उनले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.