|

काठमाडौं : पोखरामा भएको यती एयरको विमान दुर्घटनामा कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ। दुर्घटनामा महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट र उनका १५ वर्षीय छोरा श्लोक भट्टको निधन भएको हो।

माघी मनाउन आमाछोरा काठमाडौंबाट पोखरा उडेका थिए भने व्यापारी भट्ट पोखरामै थिए। उनका आफन्तहरू पनि जागिरको सिलसिलामा पोखरामा रहेको र सँगै माघी मनाउने योजनाअनुरुप पोखरामा पारिवारिक जमघटको तयारी थियो।

१५ वर्षीय श्लोक काठमाडौंको क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको पहिलो वर्षमा अध्ययनरत थिए। महेन्द्रनगरका व्यापारी/व्यवसायीले महेन्द्रनगरस्थित मदन चोकमा शोकसभासमेत आयोजना गरे। सोमबार १२ बजेसम्म कञ्चनपुर जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आग्रह गरिएको  कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहराले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.