|

पर्वत : पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएर ७२ जनाको निधन भएपछि रोकिएको पोखरा महोत्सव सोमबार फेरि सञ्चालन भएको छ। दुर्घटनाले स्तब्ध गराएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबारका लागि सबै प्रकारका मेला महोत्सव रोक्न आग्रह गरेका थिए।

सोमबारका लागि पूर्वनिर्धारित कार्यक्रम हुन शुरु भएका छन्। पोखरा महोत्सवको पाँचौं दिन पोखरामा जहाज दुर्घटनाका कारण शोक मनाउँदै महोत्सवका सम्पूर्ण गतिविधि स्थगित गरिए पनि छैटौँ  दिन सोमबार भने पूर्वनिर्धारित तालिकाअनुसार नै पोखरा महोत्सव सञ्चालन भइरहेको महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए।

हवाईजहाज दुर्घटनामा परेका सम्पूर्ण दिवंगतप्रति श्रद्धासुमन गर्दै महोत्सवलाई निरन्तरता दिइएको हो। महोत्सवको छैटौँ दिनदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ।

लोकदोहोरीतर्फ सोमबार पशुपति शर्मा, जीवन दाहाल, शिवहरि ढुङ्गाना, गगन गुरुङ, प्रशान्त तामाङ, शान्ति डोटेल, नबिना सुवेदी, नारायण सुनार, तुलसा जिसी, सन्तोष सुवेदीलगायतको  प्रस्तुति रहनेछन्। साँझको लाइभ कन्सर्टतर्फ छेवाङ लामाको प्रस्तुति रहने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.