|

काठमाडौं : कास्कीको पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त सोमबार राष्ट्रिय शोक घोषणा गर्नुका साथै सार्वजनिक बिदा र सरकारी कर्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। 

गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ। विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो. ‘सोमबार अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने।

आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। 

दुर्घटनामा ६८ यात्रु र चालक दलका ४ जनाको मृत्यु भएको थियो। ६९ जनाको शव फेला परे पनि बाँकी ३ जनाको शव खोज्ने कार्य भइरहेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.