|

सल्यान : सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर लगाएर भत्काएको छ। आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका-१ श्रीनगरस्थित बसपार्क क्षेत्रका अनधिकृत घरटहरामा सोमबार नगरपालिकाले डोजर लगाएर भत्काएको हो।

नगरपालिकाले श्रीनगर बजारनजिक रहेका सरकारी पर्ती‚ ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका १ सय ५० भन्दा बढी घरटहरा हटाइएको जनाएको छ।

पहिलो चरणमा ३५ रोपनीमा बनाइएको घरटहरामा डोजर चलेको मेयर प्रकाश भण्डारीले जानकारी दिए। मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेका घरटहरा हटाउने निर्णयअनुसार ३५ दिने सूचना जारी गरी घरटहरा हटाइएको उनको भनाइ छ।

३५ दिने सूचना जारी गर्दा पनि नहटाउने घरटहरा डोजर लगाएर भत्काइएको भण्डारीले बताए। कानुनको परिधिभित्र रहेर विकास निर्माणका काम गर्न आफूलाई कसैले अवरोध गर्न नसक्ने उनको भनाइ छ।

स्थानीय बासिन्दा र जग्गाधनीहरूले भने बसपार्क क्षेत्रमामात्र भन्दा पनि ऐलानी जग्गामा बनेका सम्पूर्ण घरटहरा भत्काउनुपर्ने बताएका छन्। घरटहरा भत्काउनेमा आफूहरूको विरोध नरहेको भन्दै उनीहरूले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचना पनि भत्काउनु पर्छ भन्ने माग रहेको उनीहरूको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.