|

धनगढी : भारतमा एकजना नेपाली नागरिकको हत्या भएको छ। भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा एक नेपालीको हत्या भएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका-६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर बिकको हत्या गरिएको हो। पुस २६ गते कमलको विभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका छन्। 

छोराको हत्या भएको भन्दै मृतककी आमा पार्वतीले आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरीसमेत दिएकी छन्।

उनले माघ १ गते भारतको महाराष्ट्र रायगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दिएकी हुन्। हत्याको आरोप लागेका टोपु बिक र मनोज बिक नाताले मृतकका भाइ पर्छन्। उनीहरू त्यहाँ एउटै होटलमा काम गर्थे।

छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत गएर किटानी जाहेरी दिएको मृतककी आमाले बताइन्। त्यहाँको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.