|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनु नपर्ने बताएकी छन्। 

मंगलबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै राज्यमन्त्री डा. कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएकी हुन्। 

‘अब हाम्रो देशमा पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न चाहन्छौं,’ उनले भनिन्। 

राज्यमन्त्री डा. कार्कीले आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने साथै स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी छन्। 

कार्कीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (०७९–०८६) मा हस्ताक्षर गर्दै आँखाको उपचार सर्व सुलभ बनाउने समेत बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.