पक्षमा पर्‍यो १०२, विपक्षमा शून्‍य मत

|

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट असाधारण बहुमतसहित विश्वासको मत पाएका छन्।

 बुधबार प्रदेशसभाको दोस्रो कार्याकालको तेस्रो बैठकबाट मुख्यमन्त्री यादवले सभामा उपस्थित प्रदेशसभा सदस्य १ सय २ मध्ये सम्पूर्ण प्रदेशसभा सदस्यको मत पएका हुन्।

यादवलाई संसदको सबै १० दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका छन्।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले सरोजकुमार यादवले विश्वासको मत पाऊँ भनी सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरे।

माओवादीका दुईजना प्रदेश सांसदहरुको शपथग्रहण हुन बाँकी नै रहेकाले प्रदेशसभामा हाल १ सय ५ सांसद मात्र रहेका छन्।

नवनिर्वाचित सभामुख रामचन्द्र मण्डलको बुधवारको पहिलो बैठक भएकाले सभामुख मण्डलले बैठकको प्रारम्भमा सभामुखमा आफूलाई निर्वाचित गराउने सभाका सम्पुर्ण सदस्यलाई धन्यवाद ज्ञापन गरेका थिए। प्रदेशसभाको भूमिका र निष्पक्षताको विषयमा विश्वस्त रहन आग्रह गरेका थिए।

त्यसपछि मुख्यमन्त्री यादवले प्रस्तुत गरेको विश्वासको मत पाऊँ भन्ने प्रस्तावमा दलका नेताहरुले आ–आफनो धारणा राखेका थिए।

एमाले दलका नेता सरोजकुमार यादव, कांग्रेस दलका नेता कृष्ण प्रसाद यादव, जसपाका तर्फबाट लालबाबु राउत, जनमतका दलका नेता महेश प्रसाद यादव, लोसपाका दलका नेता अभिराम शर्मा, माओवादीका दलका नेता भरत प्रसाद साह, नेकपा एसका दलका नेता गोविन्द न्यौपानेका साथै राप्रपा, संघिय समाजवादी, नागरिक उन्मुक्ति पार्टी सहितका पार्टीहरु र स्वतन्त्र सांसदहरुले आ–आफनो धारणा राख्दै मुख्यमन्त्री यादवलाई दिन लागेको विश्वासको मतको आधार प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.